बीबीसी– दुई वर्ष अघि समुद्रमा हराएको क्यामेरा ताइवानको समुन्द्री किनारमा पाखा लागेको अवस्थामा फेला परेको छ । यसको ‘वाटरप्रुफ’ खोलका कारणले गर्दा क्यामारा अझै प्रयोग गर्ने अवस्थामा नै रहेको छ । यसलाई स्कुले बालबालिकाहरु र शिक्षकको समूहले भेटेका थिए । त्यसपछि, तिनले आफूले भेट्टाएको क्यामरा यसको मालिक कहाँ पु¥याउने सोचेर यसलाई समाजिक सञ्जालमा ‘शेयर’ गरे ।


ADVERTISEMENT


र, एक दिन भित्रमा उनीहरुले आफ्नो लक्ष्य भेटे ।


ADVERTISEMENT

# # #


“म विश्वास गर्न सकिरहेको थिइँन,” क्यामरा धनी सेरिना सुवाकिहाराले बीबीसीलाई भनिन्, “जब मलाई मेरो साथीहरुले क्यामराको बारेमा बताए । म निक्कै आश्चर्यमा परेको थिएँ । तिनले मलाई ती तस्विरहरुसहितको पोष्ट पठाएका थिए ।”

जापानी विश्वविद्यालयमा विद्यार्थी रहेकी सुवाकिहारा यो क्यामेरा खासाउँदा बिदामा इशिगाकी टापूमा थिइन् । यो टापू ताइवानबाट २५० किलोमिटर टाढा रहेको छ ।

“म ‘स्कुवा डाइभिङ्ग’ गर्दै थिएँ । त्यसक्रममा मेरो एक साथीलाई हावाको कमी भएपछि मेरो सहयोग मागे । बचाउनको हतार गर्दा मैले क्यामेरा हराएँ ।”

यो सेप्टेम्बर २०१५ को कुरा थियो । जब क्यामेरा उनको हातबाट खस्यो उनलाई क्यामेरा सधैँको लागि हराएको ठानिन् । तर डाइभिङ्ग खोलमा सुरक्षित रहेर क्यामराले एक हिसाबको सानो यात्रा नै ग¥यो ।

यसले सयौँ किलोमिटरको यात्रा ग¥यो र अन्ततः ताइवानको समुन्द्री किनारमा पाखा लाग्यो । त्यही ठाँउमा विद्यार्थीहरुले क्यामरा भेटेका थिए । त्यो दिन विद्यार्थीहरु समूद्री किनार सफा गर्दै थिए ।

“एक ११ वर्षे बालकले क्यामरा भेटेका हुन्,” शिक्षक पार्क लिले भने, “समुन्द्री झार र खपटाले छोपिएको खोल पत्थरजस्तै देखिन्थ्यो । खोल खोल्न मिल्ने एक बटन पनि थियो ।” भित्र एक थोपा पानी पनि पसेको थिएन र भित्र क्यामेरा राम्रो अवस्थामा थियो ।

“झन् आश्चर्यजनक कुरा केटाले क्यामेराको ‘पावर अन’ गर्दा क्यामेरामा अझै चार्ज बाँकी थियो ।”

क्यामरा धनीको खोजी
स्कुल फर्केपछि लि र उनका विद्यार्थीहरुले आफ्नो यो ‘खोज’बारे छलफल गरे ।

“केही विद्यार्थीले क्यामरा आफैले राख्ने सोचेका रहेछन् । अरुले यो जसको हो उसैलाई फिर्ता गर्नुपर्छ सुझाव दिए । त्यसपछि हामीले यसलाई कसरी गर्ने सोच्न थाल्यौं ।”

लिले क्यामेरामा रहेको फोटोहरु समेटेर समाजिक सञ्जालमा एक पोष्ट गर्ने सोच बनाए । केही तस्वीर जापानका थिए त्यसैले तिनले जापानीज भाषा पनि लेखेर पोष्ट गरे । केही समयमै यो पोष्ट १०,००० शेयर भइसकेको थियो र एक दिनमा यो सुवकिहाराकहाँ पुगिसकेको थियो ।

“जीवनमा जादुजस्तो घटना घट्दा म आफूलाई निक्कै भाग्यमानी महसुस गरिरहेकी छु र खुसी छु,” उनले भनिन् । “यी तस्वीरहरुले मलाई मेरो पुरानो दिनहरुको सम्झना गरायो र ति दिनहरुमा पु¥यायो ।”

उनले बीबीसीसँग कुरा गर्दै अब जुन महिनामा ताइवान जाने योजनामा रहेको सुनाइन् । त्यहाँ गएर उनी शिक्षक र स्कुले विद्यार्थीहरुलाई धन्यवाद दिनेछिन् र आफ्नो क्यामेरा फिर्ता ल्याउने छिन् ।