काठमाडौँ–यातायात व्यवस्था कार्यालय बाग्मती मोटरसाईकल शाखा सतुंगलबाट ९ जना विचौलियालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


सेवाग्राहीले सिधै कार्यालयबाट सेवा लिन नसक्ने परिस्थीति सिर्जना गरेर विचौलियाले सरकारले तोकेको भन्दा दश गुणाभन्दा बढी रकम लिएर काम गरिदिने गुनासो आएपछि ‘विचौलीया अप्रेशन’ गरिएको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख (एसएसपी) विश्वराज पोखरेलले बताएका छन् ।


ADVERTISEMENT

# # #


पक्राउ पर्ने बिचौलियाहरुमा काठमाडौंका सानु कुमार भुर्तेल, नागार्जुनका रविन तामाङ, रामेछाप स्थायी घर भएका रोशन कार्कि, मकवानपुरका पृथ्वी कार्कि, लतिलपुरका किरण तामाङ, धादिङ स्थायी घर भएका रबी शाह, ललितपुरका सुनिल महर्जन, पर्साका अनिल कुमार चौधरी र काठमाडौं चन्द्रागिरीका अशोक कुमार बलामी रहेका छन् ।

बिहिबार मध्यान्ह महानगरीय प्रहरी प्रभाग बलम्बुकी इन्सपेक्टर शर्मिला गुरुङको कामाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई नियन्त्रणमा लिएर सार्वजनिक अपराधमा म्याद थिएर थप अनुसन्धान जारी रहेको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार,
–विभिन्न सेवाको लागी अएका सेवा ग्राहिलाई छिटो छरितो काम गरिदिने भनी रकम माग गरी बिचौलियाहरुले हैरानी गरी राखेका थिए ।

–सेवाग्राहीलाई बीच बाटोमा रोकेर दुःख हैरानी दिई कार्यालयमा सिधै सम्पर्क गर्न जान रोक्ने गरेका थिए ।

–बिचौलियाहरुले सरकारी दस्तुर भन्दा बढी रुपैयाँ माग गर्ने गरेका थिए ।