काठमाडौं–नेपाली काँग्रेस चितवनले भरतपुर महानगरपालिकाले वढाएको कर अस्वभाविक भएको जनाएको छ । महानगरपालिकाले पाँच सय देखि दुई हजार प्रतिशतसम्म करमा बृद्धि गरेको थियो ।


ADVERTISEMENT


काँग्रेस चितवनका सभापति जित नारायण श्रेष्ठले महानगरले बढाएको कर जनतामैत्रि नभएको बताए । राज्यलाई कर तिर्नु नागरिकको दायित्व भएको वताउँदै श्रेष्ठले एकतर्फी रुपमा समन्वय नगरि लागु गरिएको करले जनतालाई वोझ थप्ने वताए ।


ADVERTISEMENT

# # #


व्यवसायीलाई सरकारी तर्फवाट सुविधाको प्रत्याभुति नहनुे तर अस्वभाविक कर बृद्धि गर्नु नाजायज भएको तर्क गरे । ‘केही प्रतिशत कर बढ्नु सकरात्मक अवस्था थियो तर अन्य महानगरको तुलनामा धेरै बृद्धि गरियो,’ उनले भने । व्यवसायी तथा उद्योगीसँग समन्वय गरी नयाँ कर लागु गर्न महानगरलाई उनले सुझाव दिए ।

महानगरले एक हजार तिर्दै आएका खाद्यान्न उद्योगलाई २० हजार बनाएको छ भने भाँडा बनाउनेहरुको रु पाँच सयबाट बढाएर रु १० हजार बनाएको छ । त्यसै गरी व्यवसायीक शिक्षालयलाई रु २० हजार बनाएको छ । महानगरले पेट्रोल पम्प, पोल्टी फार्म लगायतको करमा पनि भारी बृद्धि गरेको छ ।