–आयुष्मान घिमिरे, छालारोग विशेषज्ञ


ADVERTISEMENT


पानी मानव स्वास्थ्यका लागि अत्यावश्यक छ । पानीविना शरीरको कुनै पनि अंग बाँच्न सक्दैन । स्वस्थ जीवनका लागि दैनिक पर्याप्त मात्रामा पानी पिउन जरुरी हुन्छ । पानीले थुप्रै रोगबाट त बचाउँछ नै, छालाको समस्या पनि समाधान गर्छ ।


ADVERTISEMENT

# # #


पानीले छालालाई चम्किलो राख्न मद्दत गर्छ । यसले अनुहारको चमक बढाउँछ ।

पानीको कमीले छाला ड्राई हुन्छ । त्यसैले सुक्खापन र चाउरीपनाबाट बच्न पानीको प्रयोग गर्नुपर्छ ।

पानीको कमीले छाला चिलाउने, रातो हुने, एलर्जीलगायतका समस्या आउँछ । यसका साथै बाहिरको धुवाँ, धुलोले छालासम्बन्धी अन्य रोग पनि निम्तिन सक्छ । यस्तो समस्याबाट बच्न पनि प्रशस्त पानी पिउनुपर्छ ।

सुख्खा मौसममा बढी हावा चल्नुका साथै अत्यधिक धुवाँ–धुलो हुन्छ । जसले छालाको एलर्जी र डन्डिफोरको समस्या हुन्छ । प्रशस्त पानी पिउँदा यस्तो समस्याबाट पनि बच्न सकिन्छ ।

पानीको कमीले कम उमेरमै बूढो देखाउँछ । त्यसैले, खाली पेटमा पानी पिउने बानीले छालासमेत सफा हुन्छ । शरीरमा अधिक विषाक्त पदार्थ हुन्छ तब छालामा विभिन्न खालका दाग र धब्बा देखिन थाल्छ । त्यसैले पानी पिउँदा शरीरमा भएको विषाक्त पदार्थ राम्रोसँग शरीरबाट बाहिर निस्कन्छ । जसले गर्दा अनुहारमा धब्बा देखिने, आँखाको वरिपरि चाउरी पर्नेलगायतको समस्याबाट पनि छुटकारा पाउन सकिन्छ ।

यदि तपाईं डाइटिङ गरिरहनुभएको छ भने खाली पेट पानी पिउन जरुरी छ । खाली पेटमा पानी पिउँदा २४ प्रतिशतले मेटाबोलिक रेट बढेर जान्छ । यसरी पिएको पानीले खानालाई राम्रोसँग पचाउन मद्दत गर्छ । जसले बिस्तारै तौल घटाउन पनि भूमिका खेल्छ । पानीमा क्यालोरी नहुने भएकाले यसले स्वास्थ्यमा कुनै असर पुर्याउँदैन ।