रत्ननगर– चितवनको रत्ननगर नगरपालिकास्थित सौराहाको पर्यटन क्षेत्र व्यवस्थित गर्न व्यवसायीहरूले नयाँ आचारसंहिता निर्माण गरेका छन् । पर्यटकको सुरक्षा, अपराध न्यूनीकरण र पर्यटन क्षेत्रलाई शान्तिपूर्ण बनाउन आचारसंहिता बनाइएको रेष्टुरेण्ट एण्ड बार एशोसिएसन् नेपाल (रेवान) सौराहाका अध्यक्ष गोकर्ष गिरीले जानकारी दिए ।


ADVERTISEMENT


उनका अनुसार सौराहाका होटल तथा रेष्टुरेन्ट गर्मीमा राति १२ बजेसम्म र जाडोमा ११ बजेसम्म खोल्ने गरी आचारसंहिता बनाइएको हो । आगामी वैशाख १ गतेदेखि लागू हुने उक्त १४ बुँदे आचार संहितामा वन्यजन्तुलाई असर गर्ने गतिविधि रोक्ने, ध्वनी प्रदूषण हुन नदिने, हर्न निषेध क्षेत्र घोषणालाई कार्यान्वयनमा ध्यान दिने, पर्यटकलाई दुव्र्यवहार हुनबाट जोगाउने लगायतका छन् ।


ADVERTISEMENT

# # #


यस्तै पर्यटक हिँड्ने बाटोमा पार्किङमा रोक लगाउने, होटलमा आउने पर्यटकको विवरण भरेर राख्ने, वातावरणलाई शान्त राख्नेलगायतका कुरा आचारसंहितामा उल्लेख छ । यसअघि पनि यहाँ पटकरपटक आचारसंहिता बनाइए पनि राम्ररी कार्यान्वय हुन नसकेकाले यस पटक भने आचारसंहितामा कडाइ गरिने रेवानका निवर्तमान अध्यक्ष तथा रत्ननगर नगरपालिका– ७ का अध्यक्ष राजन भट्टले बताए ।

व्यवसायीले आचारसंहिता पालन गरे नगरेको बारेमा अनुगमनका लागि स्थानीय प्रशासनलाई अनुरोध गरिको छ । सौराहाका ११० वटा सुविधायुक्त होटल र करिब ६० वटा रेष्टुरेण्टले सेवा दिँदै आएका छन् ।

यहाँ दैनिक दुई हजार ८०० पर्यटक बस्न सक्ने क्षमता छ । वयन्जन्तु तथा थारु संस्कृतिको अवलोकन गर्नुका साथै हात्ती, जिप, डुङ्गा सफारी गर्न सौराहामा पर्यटक आउछन् ।