काठमाडौँ– संयुक्त विद्यार्थी संगठनको विरोधपछि अस्थायी शिक्षकहरुको परीक्षा स्थगित भएको छ ।


ADVERTISEMENT


शिक्षक सेवा आयोगले एक सूचना जारी गर्दै परीक्षा स्थगित गरेको नेपाल विद्यार्थी संगठनका अध्यक्ष नैनसिंह महरले हिमालय पोष्टलाई बताए । परीक्षा स्थगित हुनु विद्यार्थी आन्दोलनको उपलब्धी भएको भन्दै उनले नवौँ शिक्षा ऐन पनि खारेज गर्नुपर्ने बताए ।


ADVERTISEMENT

# # #


यस अघि शिक्षक सेवा आयोगले लिन लागेको अस्थायी शिक्षकहरुको परीक्षा स्थगित गर्नुपर्ने र नवौं शिक्षा ऐन खारेज गर्न माग गर्दै तीन वटै विद्यार्थी संगठन आन्दोलनमा उत्रिएका थिए । अस्थायी शिक्षकहरुको परीक्षा यही चैत २३ गते निर्धारण गरिएको थियो ।

यस अघि तीन विद्यार्थी संगठनले माग पूरा नभए भोली देखि देशभर अनिश्चितकालीन शैक्षिक हड्ताल गर्ने घोषणा गरेका थिए । परीक्षा स्थगित गर्न माग गर्दै विद्यार्थी संगठनहरु माइतीघर मण्डलामा आमरण अनसन बसेका छन् ।