गोरखा-गोरखाको गण्डकी गाउँपालिका ५, गैरीछापमा रहेको एनसेल मोबाइलको टावरमा आगजनी भएको छ । बिहिबार राति अज्ञात समूहले टावरमा आगजनी गरेको प्रहरी उपरीक्षक प्रकाश अधिकारीले जानकारी दिए ।


ADVERTISEMENT


टावरमा प्रयोग हुने उपकरणहरु, जेनेरेटर, तारहरु जलेर नष्ट भएको उनले बताए । घटनाको अहिलेसम्म जिम्मेवारी कसैले नलिए पनि नेत्रविक्रम चन्द(बिप्लव) नेतृत्वको नेकपाले नै जलाएको हुनसक्ने अनुमान प्रहरीको छ । घटनाबारे अनुसन्धान भइरहेको एसपी अधिकारीले बताए ।


ADVERTISEMENT

# # #