काठमाडौं–टाउकोको ट्युमरको अप्रेशनका लागि विराटनगरस्थित न्यूरो अस्पताल भर्ना भएकी धरानकी लिना मल्लको चिकित्सकको लापरबाहीले मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न अस्वीकार गरेका छन् ।


ADVERTISEMENT


न्यरो सर्जन डा. यामबहादुर रोक्काको सल्लाहअनुसार लिना २७ फागुनमा न्यूरो अस्पतालमा भर्ना भएकी थिइन् । तर उनको उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको छ । मृत्युसँगै आफन्तहरुले चिकित्सकको लापरबाहीले लिनाको मृत्यु भएको भन्दै शव बुझ्न अस्वीकार गरेका छन् ।


ADVERTISEMENT

# # #


डाक्टरको निगरानीमा उपचाररत दिदीको मृत्यु पेटको समस्याबाट भएको भन्नु रहस्मय भएको लुनाका भाइ लुसनले बताए । अस्पतालले भने चिकित्सकको लापरबाहीले नभएर पेटको समस्याका कारण उनको मृत्यु दाबी गरेको छ ।

उपचारमा संलग्न डा. आशिषजंग थापाले ट्युमरको अप्रेशन पश्चात लिनाको शरीरका अन्य अंगले क्रमशः काम गर्न छाडेको र उनको मृत्यु भएको जानकारी दिए ।