काठमाडौं–मस्तिष्कका विशेष भागहरूमा रगत प्रवाहमा बाधा हुँदा मस्तिष्कघात हुने गर्छ । मस्तिष्कका रक्तनलीबाट रक्तस्राव हुँदा पनि अकस्मात् यस्तो समस्या आउने गर्छ । मस्तिष्कघातको आपत्कालीन रूपमा उपचार गर्नुपर्छ ।


ADVERTISEMENT


त्यसका लागि बिरामीलाई तुरुन्तै अस्पताल पुर्याउनुको विकल्प रहँदैन । नत्र, बिरामीको मृत्यु नै हुन सक्छ । यस्तो रोग निको हुन लामो समय लाग्छ । उपचारका क्रममा बिरामीको राम्रोसँग हेरविचार गर्न अत्यावश्यक हुन्छ । बिरामी निको भइसकेपछि पनि पोषणमा विशेष ध्यान दिन जरुरी हुन्छ ।


ADVERTISEMENT

# # #


यसरी हुन्छ
मुटुका रक्तनलीमा रगत जमेपछि रक्तनली पूर्ण रूपले बन्द हुन्छ र हृदयाघात हुन्छ । मुटुको धड्कनमा हुने गडबडीका कारण यस्तो हुन्छ । यसरी रक्तनली फुट्दा मस्तिष्कमा रगत जम्छ र सुन्निन थाल्छ । यसरी जमेको रगतले मस्तिष्कका प्रमुख भागलाई थिच्छ ।

जसकारण मस्तिष्कघातको अवस्था निम्तिन्छ । अनियन्त्रित उच्च रक्तचापका कारण पनि मस्तिष्कका रक्तनली फुट्न गई रक्तश्राव हुन सक्छ । यसबाहेक टाउकोमा चोट लाग्दा, रगतसम्बन्धी औषधिको लापर्बाह प्रयोगका कारण पनि मस्तिष्कघातको अवस्था आउन सक्छ ।

उच्च रक्तचाप, मुटुको धड्कनमा हुने गढबडी, कोलेस्ट्रोल, मधुमेहजस्ता समस्याले हृदयाघातको जोखिम बढाउँछ । परिणामतः मस्तिष्कघातसमेत हुन सक्छ । धूम्रपानलाई पनि यसको मुख्य कारकका रूपमा लिइन्छ ।

नयाँ पत्रिकाबाट