काठमाडौं ,१७ चैत, प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार प्रेस स्वतन्त्रताप्रति प्रतिवद्ध रहेको बताउनुभएको छ ।


ADVERTISEMENT


रिपोर्टस क्लब नेपालको २० औं बार्षिक उत्सव कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सञ्चार माध्यमहरुलाई सरकारले अनुचित थिचोमिचो गर्छ भन्ने भ्रमको पछि नलाग्न आग्रह गर्नुभएको छ ।“वाम सरकारले अधिनायकवाद ल्याउछ । प्रेस स्वतन्त्रता हनन् गर्छ भन्ने सुुन्नु भएको होला” प्रधानमन्त्री ओलीले भन्नुभयो “यस्ता हल्लाका पछि नलाग्नुहोस सरकार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उच्च सम्मान गर्छ ।”


ADVERTISEMENT

# # #


प्रधानमन्त्री ओलीले कसैलाई पनि सौखलाई सिद्धान्त नबनाउन आग्रह गर्नुभएको छ ।“सुतली बम सिद्धान्त होइन । कसैको अभिलासा पुरा गर्न जनताले दुःख पाउनु हुदैन” प्रधानमन्त्री ओलीले भन्नुभयो “चन्दा उठाउने कुरालाई सिद्धान्त मान्न सकिदैन ।”

प्रधानमन्त्री ओलीले जनतामा राजनीतिक मात्र हैन सामाजिक,आर्थिक, जागरण पनि चाहिएको बताउनुभएको छ । “हाम्रा राजनीतिक र सामाजिक संरचनाहरुमा धेरै उथलपुथल आएको छ” प्रधानमन्त्री ओलीले भन्नुभयो “त्यस कारण अब हाम्रा व्यबहारमा पनि त्यस्तै परिवर्तनको आवश्यक छ । ” सरकार भ्रष्टचार नियन्त्रण गर्ने,जनतामा विकास निर्माणका योजना सञ्चालन गर्ने,आधुनिकताको अवलम्बन गर्ने योजनामा रहेको प्रधानमन्त्री ओलीले बताउनुभएको छ ।

कार्यक्रममा रिपोर्टस क्लबले प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरेको छ । रिपोर्टस क्लबले स्थापना गरेको मदन भण्डारी समृती पत्रकारिता पुरस्कार दृष्टि साप्ताहिकका समपादक शम्भू श्रेष्ठ र गीरीजाप्रसाद कोइराला स्मृति पत्रकारिता पुरस्कार कान्तिपुर साप्ताहिकका प्रधान सम्पादक सुवास ढकाललाई प्रधानमन्त्री ओलीले प्रदान गर्नुभएको छ । पुरस्कारको राशी जनही १ लाख रुपैंया रहेको छ ।

यस्तै बिभिन्न बिद्यामा पत्रकार तथा बिभिन्न ब्यक्तित्वहरु सम्मानित भएका छन् ।