काठमाडौं। शुक्रवार उपचारका क्रममा नयाँ दिल्लीस्थित अपोलो अस्पतालमा निधन भएका काँग्रेस नेता खुम बहादुर खड्काको शव शनिबार राती ल्याइने भएको छ । खड्काको शव शनिबार राती ९ बजेको जेट एयरको फ्लाईटमा दिल्लीबाट काठमाडौ ल्याइने भएको हो ।


ADVERTISEMENT


नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले दिएको जानकारी अनुसार नेता खड्काको अन्तिम श्रद्धाञ्जलीका लागि आइतवार नेपाली काँग्रेस केन्द्रीय कार्यालयमा  ९ बजेबाट १ बजेसम्म  राखिने तयारी भएको छ ।


ADVERTISEMENT

# # #


आइतवारनै ११ बजे केन्द्रीय समितिको बैठकले श्रद्धाञ्जली एवं  शोक प्रस्ताव गर्नेछ ।

उनको अन्तिम संस्कारको लागि अपरान्ह ३ बजे पशुपति आर्यघाट लगिनेछ ।

भारतमा उपचारका क्रममा शुक्रवार निधन भएका खड्काको अपोलो अस्पतालमा ३९ दिनदेखि उपचार भइरहेको थियो।