प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार घेर्न गएका ३४ जना मानव अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको छ।


ADVERTISEMENT


कृष्ण पहाडी, गंगाधर अधिकारीसहितका ३४ जनालाई पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले जानकारी दिए।


ADVERTISEMENT

# # #


रोम विधान पारित गर्नुपर्ने, मुद्दा चलाइएकाहरुलाई छोड्न नहुने लगायतका माग राखेर उनीहरु बालुवाटार घेर्न पुगेका थिए। निशेषित क्षेत्र तोडेपछि उनीहरुलाई पक्राउ गरिएको एसएसपी पोखरेलले बताए।