काठमाडौं–आन्तरिक उडान थप गर्न नेपाल वायुसेवा निगमले ६ वटा भाइकिङ ट्विनटर जहाज खरिद गर्ने भएको छ।


ADVERTISEMENT


चीनबाट ल्याएका जहाजले उडान गर्न नसकेपछि सरकारी स्वामित्वको एयरलाइन्सले दुर्गम क्षेत्रमा उडान गर्न भन्दै क्यानेडियन कम्पनी भाइकिङ एयरले बनाएका ट्विनअटर जहाज खरिद गर्ने भएको छ।


ADVERTISEMENT

# # #


व्यावसायिक योजना बनाएर संचालक समितिमा पठाउने तयारीमा रहेको एयरलाइन्सका एक अधिकारीले जानकारी दिए । दुर्गममै उडान गर्ने प्रायोजनका लागि वाइ १२ सिरिजका ४ र सुगम क्षेत्रमा उडान गर्न एमए १६ सिरिजका २ विमान चीनबाट एयरलाइन्सले ल्याइसकेको छ ।

तर तोकिएको क्षमतामा उडान गर्ननसक्ने, पाइलट अभाव र पार्टसको अभावले नियमित उडानै नसकी आन्तरिक उडानमा बिलाएको एयरलाइन्स ट्विनअटर ल्याएर आन्तरिक उडानमा आक्रमक हुने योजनामा रहेको छ ।

एयरलाइन्सको उक्त तयारीमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीले पनि साथ दिएका छन् । उनको सय दिने कार्ययोजनामै जहाज किन्न सैद्धान्तिक सहमति दिने उल्लेख गरेका छन् ।

उनले नेपालका दुर्गम क्षेत्रमा सरकारी एयरलाइन्सको भुमिका नहुँदा अरुले सिन्डिकेट जमाएको भन्दै छिटोभन्दा छिटो जहाज किन्ने योजना अगाडि बढाउने बताए । यसअघि सन् १९७१ मै पहिलोपटक ट्विनअटर विमान ल्याएको एयरलाइन्सले नेपालका प्राय सबै दुर्गम क्षेत्रमा उडान गरेको थियो । हाल पनि तीनवटा ट्विनअटर विमान भएको एयरलाइन्सले एउटामात्र उडाएको छ । तर अब ल्याइने विमान भने पुराना ट्विनअटर होइनन् ।

कम्पनी परिवर्तन भएर नयाँ सिरिजका विमान उत्पादन भइरहेकाले नयाँ ल्याउने भएपछि सिट क्षमता भने १९ नै रहने छ ।

एयरलाइन्सले ल्याउने भनिएका जहाज भाइकिङ ट्निअटर डिएचसी–६–४०० सिरिजका हुन् । कम्पनीबाट सिधै खरिद गर्ने योजना बनाएको निगमले यसको लागि बढीमा सवाँ ३ खर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ ।