काठमाडौं–गोरु काटेको अभियोगमा पाँचथरमा ६ जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा फिदिम नगरपालिका –४ का ३४ वर्षीय देउकुमार तामाङ,३३ वर्षीय सन्तकुमार तामाङ, ५१ वर्षीय विर्खबहादुर तामाङ, २६ वर्षीय सुजन तामाङ, २८ वर्षीय राजकुमार राई र स्याङ्जा घर भई फिदीम नगरपालिका–९ लुम्फाबुङमा बस्दै आएका ३७ वर्षीय सुशिल विश्वकर्मा रहेका छन् ।


ADVERTISEMENT


पक्राउ परेकाहरूमध्ये देउकुमार तामाङको घरमा गोरु काटी रहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । पक्राउ परेकाहरू विरुद्ध गौ हत्या सम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरी निरीक्षक विज्ञान बस्नेतले जानकारी दिए ।


ADVERTISEMENT

# # #


तर, मुलुक धर्म निरपेक्ष भइसकेको भन्दै गौ हत्या अभियोगमा प्रशासनबाट पक्राउ गर्ने क्रम नरोकिएको प्रति नेपाल तामाङ घेदुङ पाँचथर सहित नेपाल आदिवासी जनजाति महासँघ पाँचथरले भने विरोध जनाएको छ ।