काठमाडौं–दिउँसै मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा पक्राउ परेका वडाअध्यक्ष छुटेका छन् । शुक्रबार दिउँसो पक्राउ परेका ओखलढुंगाको चम्पादेवी गाउँपालिका ४ का अध्यक्ष कृष्णबहादुर खत्रीलाई प्रहरीले छाडेको हो ।


ADVERTISEMENT


आगामी दिनमा मादक पदार्थ सेवन गरेर गल्ती नगर्ने सर्तमा छाडिएको जिल्ला प्रहरी प्रमुख प्रहरी नायव उपरीक्षक अनन्तराम शर्माले बताए । ‘छलफल गरियो, उहाँले घटनाबारे गल्ती महसुस गर्नुभयो ।’ प्रहरी प्रमुख शर्माले भने, ‘अब गल्ती नदोहोर्याउने शर्तमा हामीले उहाँलाई घर पठायौँ ।’


ADVERTISEMENT

# # #


वडा अध्यक्ष खत्रीले शुक्रबार दिउँसो मदिरा सेवन गरेर होहल्ला गरेको भन्दै स्थानीयले प्रहरीमा बुझाएका थिए । शुक्रबार प्रहरीले नियन्त्रणमा लिएर खत्रीलाई प्रहरी चौकी कोषभञ्ज्याङमा राखेको थियो । खत्री साविकको फेदिगुठ गाविस हालको चम्पादेवी गाउँपालिका ४ मा नेपाली कांग्रेसबाट उम्म्दवार भई निर्वाचित वडा अध्यक्ष हुन् ।