काठमाडौं–बलिउड नायक टाइगर श्राफ अब स्टार बन्ने बाटोमा दौडिएका छन् । उनको मुख्य भूमिका रहेको चलचित्र ‘वागी २’ले बक्स अफिसमा तहल्का मच्चाएपछि उनको चर्चा र कामको प्रंशंसा सुरु भएको छ ।


ADVERTISEMENT


चलचित्रले शुक्रबार र शनिबार आक्रामक कलेक्शन गरेको छ । शुक्रबार २५.१० करोडको ओपनिङ व्यापार गरेको यो चलचित्रले शनिबार २०.४० करोड कमाई गर्‍यो । चलचित्रको विकेन्ड कलेक्शन ७० करोड माथि हुने देखिएको छ । चलचित्रले सय करोड कमाउने पक्का जस्तै भएपछि नायक टाइगर श्राफ निकै खुशी समेत देखिएका छन् । चलचित्रका लागि उनले गरेको मिहिनेतको सर्वत्र प्रशंसा भैरहेको छ ।


ADVERTISEMENT

# # #


‘वागी २’ले आक्रामक कलेक्शन गरिरहँदा यसका निर्माता साजिद नाडियाडवालाले ‘वागी ३’ पनि बन्ने बताएका छन् । उनले यो चलचित्रमा पनि टाइगर श्राफ नै मुख्य भूमिकामा रहने बताए । नायिका को हुने भन्ने पक्का नभएको उनको भनाई छ । ‘वाघी’मा श्रद्धा कपुरको मुख्य भूमिका थियो भने ‘वागी २’मा टाइगरकी प्रेमिका दिशा पटानीको मुख्य भूमिका छ ।

तेश्रो सिरिजमा दिशा नहुने संकेत निर्माताले गरेका छन् । खतरनाक एक्सनहरुले भरिएको ‘बागी २’ को सफलतासँगै टाइगर पनि स्टार बनेका छन् । हालै नायक अक्षय कुमारले ट्विट गरेर टाइगरलाई बलिउडका ‘टोनी जा’ को संज्ञा दिएका थिए । टोनी जा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मार्सल आर्टस एक्टर हुन् ।