काठमाडौं – स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री पद्मा अर्यालले मन्त्रालयमा प्रवेश गर्दा सूर्तीजन्य पदार्थ गेटबाहिर नै फालेर जानुपर्ने बताएपछि मन्त्रालयमा छिर्ने कर्मचारी तथा सेवाग्राहीले पनि त्यसको पालना गर्न थालेका छन् ।


ADVERTISEMENT


दैनिकजसो ६–७ जनाले सूर्तिचुरोट गेटमा फ्याँक्ने गरेको नेपाल प्रहरीका हवल्दार चन्द्रप्रसाद हमालले बताए । उनले भने, “सुर्तिचुरोट लिएर आउनुभएको छ भने फ्याँकेर जानुस् भन्छौं । मन्त्रालयमा आउने सर्वसाधारणलाई पनि नयाँ नियमको बारेमा जानकारी गराइरहेका छौं ।”


ADVERTISEMENT

# # #


मन्त्रालयले सूर्तिजन्य पदार्थको कडाइ गर्न मन्त्रालयमा थप सुरक्षाकर्मीको व्यवस्था गर्ने प्रक्रिया अघि बढाएको मन्त्रालयका प्रवक्ता श्रीकृष्ण गिरीले बताए । उनले भने, “मन्त्रीज्यूको घोषणापछि केही सुरक्षाकर्मी थप्ने योजनामा छौ ।

त्यसपछि सूर्तिजन्य पदार्थ लिएर आउनेलाई थप कडाइ पनि गर्नेछौँ ।” मन्त्रालयले सुर्तिजन्य पदार्थ नियन्त्रण गर्न थप नियम बनाउन लागेको समेत प्रवक्ता गिरीले बताए ।