-अफ्ताव आलम


ADVERTISEMENT


खुमबहादुरजी मेरो लगभग १५-१६ वर्ष लामो संगत भयो । उहाँलाई सम्झिँदा उहाँ एउटा निडर नेता हुनुहुन्थ्यो । उहाँको एउटा सबैभन्दा राम्रो विशेषता भनेको जातपातभन्दा माथि उठेर नेपाली कांग्रेस कसरी बलियो हुन्छ भनेर चौबिसै घण्टा सोचिरहनु हुन्थ्यो । उहाँमा इमान्दारिता, लगनशीलता ज्यादै थियो ।


ADVERTISEMENT

# # #


मेरो बुवा शेख इद्रिस र खुम बहादुर खड्काले निकै संगत गर्नु भएको थियो । वास्तवमा खुमबहादुरजी शेखसाहेवको धेरै सम्मान गर्नुहुन्थ्यो । त्यसबेला उहाँ बारबार भेटघाटमा बस्नुहुन्थ्यो । उहाँहरुबीच एउटा राम्रो समझदारी थियो ।

मेरो केही दिन अगाडि खुमबहादुरजीसंग भेट भएको थियो । अन्तिम समयसम्म पनि उहाँ नेपाली कांग्रेसलाई कसरी मजबुत बनाउने भन्ने मै चिन्तित हुनुहुन्थ्यो । दिल्लीबाट आएपछि हाम्रो भेट हुने कुरा थियो । तर खबर दुखःद आइदियो ।

उहाँप्रति म हार्दिक श्रद्धाञ्जली अर्पण गर्न चाहान्छु र शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना प्रकट गर्छु । वास्तवमा हामीले एउटा राम्रो नेता गुमाएका छौँ ।