काठमाडौँ — वीर अस्पताल ट्रमा सेन्टरको छैटौं तलाबाट हाम्फालेर एक अमेरिकन नागरिकले आत्महत्या गरेका छन् । ट्रमा सेन्टरमा उपचाररत जोन नाम गरेका अमेरिकन नागरिकले आइतबार आत्महत्या गरेका हुन् ।


ADVERTISEMENT


स्रोतका अनुसार भिसा अवधि गुजारेर नेपालमै बसिरहेका उनलाई केही समयअघि अध्यागमन विभागले पक्राउ गरेर थुनामा राखेको थियो । थुनामा रहँदा बिरामी परेपछि उनलाई केही दिनअघि ट्रमा सेन्टर पुर्‍याइएको थियो । आइतबार आफ्नो सुरक्षामा खटिएका तीन प्रहरीलाई धकेल्दै छैटौं तलामा गएर उनी हाम्फालेका थिए । घटनास्थलमै उनको मृत्यु भएको एक प्रहरी अधिकारीले जनाए ।


ADVERTISEMENT

# # #


यही चैत १६ गते पनि जोनले घाँटी सेरिएर आत्महत्याको प्रयास गरेका थिए ।