काठमाडौं–साञ्जेन हाइड्रो र रसुवागढी हाइड्रोपावरका सञ्चयकर्ताले क्रमशः ४० देखि ८० कित्तासम्म सेयर हात पारेका छन् । रसुवागढी हाइड्रोले कर्मचारी सञ्चय कोषका एक लाख ८७ हजार आठ सय ७८ योग्य आवेदकमध्ये ७० देखि ८० कित्तासम्म सेयर पाएका छन् ।


ADVERTISEMENT


कम्पनीको सेयरमा ५० कित्तासम्म आवेदन गर्नेले ५० नै, ६० हित्तासम्म आवेदन गर्नेले ६० नै र ७० देखि पाँच सय कित्ता आवेदन गर्नेले ७० कित्ताको सेयरमा सेयर पाएका छन् । यसपछि बाँकी हुन आएको ६ लाख ८० हजार कित्ता सेयर पुनः १० कित्ताको दरमा ६८ हजार १८ जनालाई बाँडिएको छ । ८० देखि पाँच सय कित्ता सेयर माग्ने एक लाख ६३ हजार मध्येबाट गोलाप्रथा गरेर १० कित्ता सेयर थप बाँडिएको हो ।


ADVERTISEMENT

# # #


यसपछि पनि पाँच कित्ता सेयर बाँकी भएपछि एकरएक कित्ताको दरमा पाँच जनालाई बाँडिएको छ । सञ्चयकर्ताको लागि कम्पनीले एक करोड ३३ लाख कित्ता सेयर जारी गरेको थियो ।

सान्जेन हाइड्रोका योग्य आवेदक एक लाख ८५ हजार ३५ जनामा ५० देखि तीन सय कित्तासम्म आवेदन गर्ने सबैले ३० कित्ताको दरमा सेयर पाएका छन् । यसपछि बाँकी हुने १५ लाख ६६ हजार चार सय ५० कित्ता सेयर १० कित्ताको दरमा एक लाख ५६ हजार ६ सय ४५ जनामा बाँडिएको हो ।

कम्पनीले सञ्चयकर्ताको लागि कुल ७१ लाख १७ हजार कित्ता अर्थात ७१ करोड १७ लाख रुपैयाँको सेयर जारी गरेको थियो ।