काठमाडौं–बलिउडमा संघर्षरत अभिनेता राहुल रायलाई फिल्म ‘आशिकी’ले रातारात स्टार बनाएको थियो । त्यसको डेढ दशकपछि उसैगरी संघर्षरत आदित्यरोय कपुर पनि स्टार बने ‘आशिकी २’ खेलेर । यही फिल्मबाट डेब्यु गरेकी श्रद्धा कपुरले पनि यो फिल्मपछि पछाडि फर्केर हेर्न परेन । दोस्रोको सफलतापछि विशेष फिल्मले तेस्रो बनाउने तयारी गरिरहँदा ‘आशिकी ३’मा को रहने भन्ने अनुमान लामो समयदेखि चलिरहेको थियो ।


ADVERTISEMENT


फिल्मको फिमेल लिडमा आलिया भट्ट फाइनल भएको समाचार आइरहँदा उनको जोडीको रुपमा सिद्धार्थ मल्होत्रालाई विशेष फिल्मले लिन लागेको खबर थियो । तर पछिल्लो समाचार अनुसार सिद्धार्थ हैन, विशेष फिल्मले वरुण धवनलाई लिन लागेको छ।


ADVERTISEMENT

# # #


वरुण र आलियाको जोडीले सफलतामा ह्याट्रिक गरेको छ। दुवैले जोडीको रुपमा अभिनय गरेका ‘स्टुडेन्ट अफ दि इयर’, ‘हम्टी शर्माकी दुल्हनियाँ’ र ‘बद्रिनाथकी दुल्हनियाँ’ तीनै फिल्मले बक्स अफिसमा पैसा बर्साएका थिए ।

विशेष फिल्मले वरुण धवन र आलिया दुवैको फ्यान फलोइङलाई ध्यान राख्दै तेस्रो शृंखलामा दुवैलाई साइन गराएको समाचारमा उल्लेख छ । तर वरुण र आलिया दुवैले स्वतन्त्र रुपमा यो समाचारको पुष्टि गरेका छैनन् ।

दुवै शृंखलाको फिल्मको सफलताका पछाडि संगीतको मुख्य हात मानिएको थियो । तेस्रो भागमा पनि संगीतले महत्वपूर्ण भूमिका निर्वाह गर्ने प्रडक्सन हाउसले जनाएको छ ।

पहिलो आशिकीलाई महेश भट्टले निर्देशन गरेका थिए भने दोस्रोलाई मोहित सुरीले । तेस्रो भाग पनि उनलै निर्देशन गर्ने विशेष फिल्मस्ले जनाएको छ ।

हाल आलिया ‘बम्हास्त्र’ र ‘गली ब्वाई’को सुटिङ गरिरहेकी छिन् भने वरुण ‘सुई धागा’को सुटिङ गरिरहेका छन् ।