काठमाडौं–बनेपामा स्थानीयवासीको सुरक्षामा बस सञ्चालन भएका छन् । विभिन्न ११ वटा यातायात समितिले सिन्डिकेटको माग गर्दै सवारीसाधन सञ्चालनमा अवरोध गरेपछि स्थानीयले सुरक्षा दिएका हुन् ।


ADVERTISEMENT


आइतबार घोषणा गरेअनुसार नै सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले सोमबार मयुर यातायातका बसहरु सञ्चालनमा अबरोध गरेका थिए । तर, बस रोकिएकै ठाउँका स्थानीयवासी र यात्रुहरुले सुरक्षा दिएपछि सञ्चालनमा आएका छन् ।


ADVERTISEMENT

# # #


बनेपाको जनागालमा यातायात समितिको अबरोधमा परेको बसलाई स्थानीयवासीले सुरक्षा दिएर गन्तव्यसम्म पुर्‍याइदिएका छन् । अबरोधपछि चालक र सहचालक बस छोडेर हिँडेका थिए र तर, यात्रु र स्थानीयको सहयोगपछि बस सञ्चालनमा आएको हो ।

काभ्रे प्रहरीले पनि सिन्डिकेट तोड्न भन्दै बस सञ्चालनमा अबरोध गर्न दिएको छैन । जिल्लाका ग्रामीण क्षेत्रमा पनि सिन्डिकेटको पक्षमा रहेका यातायात समितिले अबरोध गरेका छन् ।