काठमाडौँ– इन्डोनेसियामा हुने पम्बइगुइन जयाराया जुनियर ग्रान्ड पिक्स ब्याडमेन्टन प्रतियोगितामा सहभागिता जनाउने एक खेलाडी र व्यवस्थापकलाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा सांसद जीवनराम श्रेष्ठले आइतबार बिदाई गरेका छन् ।


ADVERTISEMENT


जुनियर ग्रान्ड पिक्स आजदेखि अप्रिलबाट ८ अप्रिलसम्म हुँदै छ । नेपाली टिमको खेलाडीमा रुकेश महर्जन र म्यानेजरमा विनोद बस्नेत रहेका छन् । उनीहरूलाई बिदाइ गर्दै उक्त खेलले खेलाडीको स्तर सुधार्नका लागि मदत पुग्ने भन्दै श्रेष्ठले पहिले खेलाडीहरू सहभागी हुनको निम्ति मात्र सहभागी भएको बताउँदै अब सहभागी हुन मात्र नभई योग्यता हासिल गर्दै विजयी हुनसमेत शुभकामना दिएका थिए ।


ADVERTISEMENT

# # #


पहिलो सहभागी हुनका लागि स्तरमा सुधार गर्ने मौका पाएको बताए । उक्त बिदाइ कार्यक्रममा नेपाल ब्याडमिन्टन एसोसिएसनका अध्यक्ष रामजी श्रेष्ठ, मुख्य प्रशिक्षक सुदीप, योन्जन नेपाल ओलम्पिक कमिटिका कार्यकारी सचिव सुजनलाल श्रेष्ठ, नेपाल ओलम्पिक कमिटिका कर्मचारी निरज श्रेष्ठलगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा २० देखि २५ राष्ट्र सहभागी हुँदै छन् ।