रुपन्देही–लुम्बिनी अञ्चल अस्पताल बुटवलको १ बिगाहा ५ कठ्ठा साढे ६ धुर जग्गा हराएको छ । सरोकारवालाका अनुसार उक्त जग्गाको बजार मूल्य १ अर्ब १ करोड ३० लाख रुपैयाँभन्दा बढी पर्दछ ।


ADVERTISEMENT


नापी कार्यालयको २०२७ सालको रेकर्डअनुसार अस्पतालको लालपुर्जामा सावक कित्ता नम्बर ६ मा ८ बिगाहा ४ कठ्ठा ९ धुर जग्गा रहेको उल्लेख छ । तर २०५१ मा ट्रायल चेक गर्दा अस्पतालको जग्गा ७ बिगाहा १६ कठ्ठा पौने ४ धुर मात्र जग्गा देखिएको थियो ।


ADVERTISEMENT

# # #


२०६३ माघ १५ गते भएको पुनः नापीमा अस्पतालको जग्गा ६ बिगाहा १० कठ्ठा सवा १७ धुर मात्र भएको नापी कार्यालय बुटवलका नापी सर्वेक्षक राजीव बस्नेतले जानकारी दिए ।

अञ्चल अस्पतालले नापी कार्यालय बुटवललाई २०७४ माघ २५ गते हराएको जग्गा खोजिदिन आग्रह गर्दै लिखित पत्र पठाएपछि मात्र जग्गा हराएको सार्वजनिक भएको हो । – आजको नेपाल समाचारपत्रबाट