काठमाडौं–नेपाली कांग्रेसका नेता एवम् पूर्वमहामन्त्री खुमबहादुर खड्काको निधनपछि सो पार्टीको ललितपुर, सानेपास्थित केन्द्रीय कार्यालय सुनसान भएको छ ।


ADVERTISEMENT


मृगौला, उच्च रक्तचापलयायत रोगबाट पीडित खड्काको गत शुक्रबार भारतको एपोलो अस्पतालमा उपचारको क्रममा निधन भएको थियो ।


ADVERTISEMENT

# # #


आइतबार खड्काको अन्त्येष्टि गरिएको थियो । विगतमा भ्रष्टाचार काण्डमा मुछिएर जेलसमेत बसे पनि पार्टीका त्यागी एवम् प्रभावशाली नेताका रुपमा चिनिने खड्का उक्त घटनापछि पार्टीको उच्च नितीगत र निर्णयक तहबाट टाढा रहँदै आएका थिए ।

खड्काको निधन हुनुअघि यही चैत ९ गतेदेखि नै पार्टीको केन्द्रीय समिति बैठक जारी थियो । नेता खड्काको निधनलगत्तै सो बैठक रोकियो । बैठकमा हालै सम्पन्न निर्वाचनको समिक्षाका साथै पार्टीका भावी कार्यदिशाबारे छलफल भइरहेको थियो ।

खड्काको धिनपछि आइतबार बसेको आकस्मिक बैठकले बिहीबारसम्म पाँच दिन केन्द्रीय कार्यालय र मातहतका सबै कार्यालय, भातृ, शुभेच्छुक एवम् विदेशस्थित कार्यालयहरु बन्द गर्ने निर्णय गरेको थियो । – आजको नेपाल समाचारपत्रबाट