इनरुवा(रासस)–सुनसरीको कोशी गाउँपालिका–२ मा जनप्रतिनिधि आएपछि विकास निर्माणले गति लिन थालेको छ ।


ADVERTISEMENT


जनप्रतिनिधि नभएको बेला वर्षाको समयमा हिलाम्य बाटोमा हिँड्दै आएका स्थानीयवासी जनप्रतिनिधि आएपछि अब ग्राभेल र राम्रो बाटोमा हिँड्न पाउने भएका छन् ।


ADVERTISEMENT

# # #


स्थानीयले छनोट गरेका जनप्रतिनिधिले स्थानीयको माग र समस्यालाई मध्यनजर गर्दै विकास निर्माणको कामलाई अगाडि बढाएपछि स्थानीयबासी खुशी भएको स्थानीय दनालाल यादवले बताए ।

कोशी गाउँपालिका २ नम्बर वडाका वडाध्यक्ष हीरालाल यादवले आफ्नो वडामा रहेका बाटोघाटोको समस्यालाई समाधान गर्नका लागि काम थालेपछि स्थानीय उत्साहित भएका हुन् ।

अध्यक्ष यादवले आफ्नो पहल र प्रयासमा हीरालाल यादवको घरदेखि पूर्व र दक्षिण बौवालाल यादवको घरसम्म आरसिसी ढलान, राजदेवी एकेडेमीदेखि खुनियाधारसम्म माटो पुरी ग्राभेल गर्नुका साथै आसपासका विभिन्न सडकमा माटो पुरी ग्राभेललगायतका विकास निर्माणको काम शुरु गरेपछि स्थानीय उत्साहित भएका हुन् ।

वडा कार्यालयले विकास निर्माण तथा बाटोघाटोका काम कतै शुरु गरेको छ भने कतै कामलाई तीव्रगतिमा अगाडि बढाइरहेको वडा कार्यालयका सचिव श्यामकिशोर मण्डलले जानकारी दिए । यसरी वडाध्यक्षले गरेको विकास निर्माणको कामलाई स्थानीयले स्वागत गरेका छन् ।