काठमाडौं(रासस)–आफ्नै नातिनी करणीको अभियोगमा पाँचथर प्रहरीले एक जनालार्इ पक्राउ गरेको छ । १२ वर्षीया नातिनीलाई जबर्जस्ती करणी गरेको अभियोगमा प्रहरीले ५८ वर्षीय हजुरबुबालाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


कसैलाई भनेमा मारी दिने धम्की दिई बालिकालाई त्रासमा पार्दैआएको भन्ने खबर पाएपछि पीडकलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, पाँचथरका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।


ADVERTISEMENT

# # #


मंगलबार पाँचथर जिल्ला अदालतबाट जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ भने पीडितलाई उद्धार गरी सुरक्षित आवासगृहमा राखिएको छ ।