काठमाडौं–शिक्षा ऐनको नवौं संशोधन र नीजि विद्यालयको शुल्कवृद्धि लगायतका विषयमा तीन विद्यार्थी संगठनले आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् । अनेरास्ववियु,नेविसंघ र अखिल क्रान्तिकारीले संयुक्त आन्दोलनका कार्यक्रम घोषणा गरेका हुन् ।


ADVERTISEMENT


संयुक्त प्रेस विज्ञप्ति शिक्षा ऐनको नवौं संशोधन खारेज गर्न माग गरेका छन् ।


ADVERTISEMENT

# # #


आन्दोलनका कार्यक्रममा शिक्षा मन्त्रीलाई ज्ञापनपत्र पेश गर्ने, सरोकारवालासँग अन्तक्रिया गर्ने, दशौं संशोधनका लागि संघीय संसदका सवै सदस्यलाई ध्यानाकर्षण पत्र दिने, ७५३ वटै तहका प्रमुखलाई ज्ञापनपत्र दिने, अभिभावकलाई उजुरी हाल्न सार्वजनिक अपिल गर्ने लगायतका छन् ।

यसबाहेक प्रमाणपत्र धितो राखी विद्यार्थीलाई यसै वर्षदेखि शैक्षिक ऋण उपलब्ध गराउन सरकारसंग माग गर्ने, त्रिविको सेमेस्टर प्रणालीलाई ब्यवस्थित र गुणस्तरयुक्त वनाउन प्रभावकारी कदम चाल्न माग गर्ने, पेट्रोलियम पदार्थमा अन्तर्राष्ट्रिय वजार अनुसार स्वचालित मुल्य निर्धारण प्रणालीलाई कडाईपुर्वक लागू गर्न माग गर्नेलगायतका कार्यक्रम छन् ।