बनियानी, झापा– झापाको भद्रपुर नगरपालिका–८ स्थित एक घरबाट चोरी गरेको आरोपमा दुईजना भारतीय युवालाई प्रहरीले पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा भारत विहार गलगलियाका ३० वर्षीय मोहम्मद जवहुल र पश्चिम बङ्गाल नक्सालबाडीका १६ वर्षीय राहुल सोर्या रहेको वडाका प्रहरी निरीक्षक कुलप्रसाद चौधरीले विहिबार जानकारी दिए ।


ADVERTISEMENT

# # #


उनीहरुलाई भद्रपुर–८ स्थित सुरज रेग्मीको घरमा चोरी गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । घरको झ्यालबाट मोबाइल चोरी गर्न खोजिरहेको अवस्थामा स्थानीयवासीको सहयोगमा उनीहरुलाई पक्राउ गरिएको निरीक्षक चौधरीले बताए ।

पक्राउ परेका मोहम्मद जबहुल तीन वर्षदेखि झापाका विभिन्न स्थानमा चोरी गर्दै आइरहेको प्रहरीलाई बयान दिएको प्रनि चौधरीले बताए । राहुल विगत छ महिनादेखि चोरी घटनामा संलग्न भएको र उनीहरुले नेपालबाट ५० भन्दा बढी साइकल र २५ भन्दा बढी मोबाइल, पर्ससहित नगद चोरी गरिसकेको प्रहरीलाई बयान दिएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवैजनालाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पठाइसकेको प्रहरी निरीक्षक चौधरीले बताए । गत दुई साताको अवधिमा भद्रपुर क्षेत्रका एक दर्जन घर तथा पसलमा चोरी भइसकेको छ ।