काठमाडौं–टुरिष्ट बसको प्रयोग गरेर भारतको नयाँ दिल्लीबाट रक्तचन्दन तस्करी हुने गरेको खुलेको छ । काठमाडौं प्रहरी परिसरले मंगलबार नियन्त्रणमा लिएको अवैध समानसहितको टुरिष्ट बसमा ११ केजी रक्तचन्दन भेटिएसँगै रक्तचन्दन तस्करीको यो शैली सार्वजनिक भएको हो ।


ADVERTISEMENT


‘गोप्य सूचनाको आधारमा मातहतका वृत्तहरुलाई खबर गराए पश्चात महानगरीय प्रहरी वृत्त, कालिमाटीले कंलकी चोकबाट बिहान ३ बजे गाडीलाई नियन्त्रणमा लिएको थियो’, काठमाडौं प्रहरी परिसरका प्रमुख एसएसपी विश्वराज पोखरेलले स्रोतसँग भने, ‘गाडीको हुटको तलमाथि, दायाँबायाँ फल्स बटम बनाएर कुर्था, सुरुवालहरुको ३ सय ३९ पोका लुकाएर राखेको समेत भेटिएको छ ।’


ADVERTISEMENT

# # #


उनका अनुसार गाडीबाट केही लेडिज जुत्ता, विजुलीको समान, जेन्स टिसर्ट लगायत पनि बरामद भएको थियो । सुरुमा प्रहरीले अवैध भित्रिएको अन्य सामान मात्रै फेला पारे पनि बिहीबार चेकजाँचका क्रममा त्यहाँ रक्तचन्दन समेत भेटिएको थियो ।

साढे १ बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिँदै

बरामद गरिएका अन्य सामग्रीको बजार मूल्य २५ लाख रुपैयाँ छ । घटनाबारे विस्तृत विवरण सार्वजनिक गर्न काठमाडौं प्रहरीले दिउँसो साढे १ बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ ।

प्रहरीले गाडी चालक काभ्रे घर भइ नैकाप बस्दै आएका ४१ वर्षीय झिल्केमान रुम्वा र सह–चालक बुटवल घर भइ नैकाप बस्दै आएका २५ वर्षीय सुजन पुनलाई नियन्त्रणमा लिएको छ । थप अनुसन्धान जारी छ ।