काठमाडौँ– साझा यातायातको बसले ठक्कर दिँदा बबरमहलमा मोटरसाइकलमा सवार एकजना गम्भीर घाइते भएका छन् । भक्तपुरबाट कलंकी जाँदै गरेको साझा यातायातको बा ३ ख २२२८ नम्बरको बसले मोटरसाइकललाई ठक्कर दिएको हो ।


ADVERTISEMENT


बस चालक र सह–चालक प्रहले नियन्त्रणमा लिएको छ । मोटरसाइकल नम्बर र सवार व्यक्तिको परिचय खुल्न सकेको छैन ।


ADVERTISEMENT

# # #