काठमाडौं– नेकपा एमालेले पार्टी एकीकरण अघि केन्द्रीय कमिटी र पोलिटव्यूरो बैठक राख्ने निर्णय गरेको छ ।


ADVERTISEMENT


स्थायी कमिटीको बुधवार बसेको बैठकले आगामी वैशाख ६ गते पोलिटव्यूरो र ७ गते केन्द्रीय कमिटी बैठक आयोजना गर्ने निर्णय लिएको प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बताए ।


ADVERTISEMENT

# # #


स्थायी कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पार्टी एकताको लागि भएका प्रगति ब्रिफ गरेका थिए । एकताका लागि अब धेरै समस्या नरहेको भन्दै केही प्राबिधिक बिषय चाँडै टुंगो लाग्ने बताए ।

वैशाख ९ गते एमाले र माओवादी एकीकरण हुने सहमति भएकाले त्यसअघि एमालेले पोलिटव्यूरो र केन्द्रीय कमिटी बैठकबाट पार्टी एकता अनुमोदन गर्न लागेको हो ।