हेटौँडा–आगामी असारदेखि वागमतीको पानीबाट विद्युत् उत्पादन हुने भएको छ । मकवानपुरको भीमफेदी गाउँपालिका–८ इपा पञ्चकन्यामा २२ मेगावाट क्षमताको वागमती जलविद्युत् आयोजना निर्माण अन्तिम चरणमा पुगेको हो ।


ADVERTISEMENT


माण्डु हाइड्रोपावर कम्पनीले निर्माण गरिरहेको आयोजनाको सुरुङ, बाँध निर्माण र पावर हाउस सिभिलतर्फको काम नेपाली कम्पनी साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालिले गरिरहेको छ । कम्पनीका प्रोजेक्ट म्यानेजर अनुप न्यौपानेले आयोजनाको ८० प्रतिशत निर्माणकार्य सकिएको बताए ।


ADVERTISEMENT

# # #


‘२०७५ असार मसान्तभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य छ’, उनले भने, ‘आयोजनाको २ हजार ४ सय २४ मिटर लामो मुख्य सुरुङको काम सम्पन्न गरिसकेका छौं।’ आयोजनामा एक सय ५० नेपालीसहित ४ सय बढी कामदारले रातदिन काम गरिरहेका न्यौपानले बाताए ।

चिनियाँ कम्पनी सिइच्वाङ हेइच्वाङ र नेपाली कम्पनी साउथ एसियनले २०७२ वैशाखबाट निर्माण थालेका थिए ।

आयोजनामा सिभिलततर्फ १ अर्ब २९ करोडसहित कुल चार अर्ब लगानी रहेको छ । प्रतिसेकेण्ड १२ दशमलव ४ क्युसेक पानी पठाउने गरी ३ दशमलव ७ मिटर चौडा र ३ दशमलव ८ डायोमिटरको सुरुङ निर्माण गरिएको छ । – आजको अन्नपूर्ण पोस्टबाट