काठमाडौं–सामाजिक सञ्जाल फेसबुकले ८ करोड ७० लाख फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको स्वीकारेको छ ।


ADVERTISEMENT


बीबीसीले उल्लेख गरेअनुसार डाटा चोरी हुनेमा ११ लाख बेलायती छन् । यसअघि क्रिस्टोफर बिलीले पाँच करोडको डाटा चोरी भएको खुलासा गरेका थिए । तर, फेसबुकका संस्थापक मार्क जुकरबर्गले पत्रकार सम्मेलन गरी ८ करोड ७० लाख व्यक्तिको डाटा चोरी भएको जानकारी दिएका हुन् ।


ADVERTISEMENT

# # #


बीबीसीका अनुसार ‘दिस इज योर डिजिटल लाइफ’ भनिने प्रश्नोत्तर जडान गर्ने ३ लाख ५ हजार प्रयोगकर्ताको माध्यमबाट विवरणहरू चुहिएको फेसबुकको अनुमान छ ।

डाटा चोरी भएको खुलासा भएपछि फेसबुकको केही समयदेखि आलोचना हुँदै आएको छ । केही वर्षदेखि क्याम्ब्रिज एनालिटिकाले करोडौं ब्यक्तिको जानकारी जम्मा गरेको थियो । लण्डनमा रहेको कम्पनिले ति जानकारी डिलिट गरेको जनाएको छ ।

च्यानल फोरका अनुसार केही जानकारी अहिले पनि खोज्नेक्रम जारी छ । जबकि क्याम्ब्रिज एनालिटिकाले आफूसँग भएको जानकारी नष्ट गरेको जनाएको छ । क्याम्ब्रिज एनालिटिकाको स्क्याण्डल सार्वजनिक हुने बित्तिकै फेसबुकको संस्थापक मार्क जुगरबर्गले कम्पनिवाट गल्ति भएको स्वीकारेका थिए ।

उनले यसको ब्यवस्थापन गर्ने आश्वासन समेत दिएका थिए । उनले भनेका थिए, ‘तेस्रो पार्टी एप्सको बारेमा जानकारी लिन अब सजिलो हुने छैन ।’ जुकरबर्गका अनुसार एप्स बनाउने अलेग्जेण्डर कोगन, क्याम्ब्रिज एनालिटिका र फेसबुकको विचमा भएको विश्वासघात सार्वजनिक भएको थियो ।