काठमाडौं–म्यान्चेष्टर सिटीमाथि इंग्लिश क्लब लिभरपुलले च्याम्पियन्स लिग फुटबल अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा शानदार जित निकालेको छ । बुधबार राति भएको पहिलो लेगमा सिटीलाई ३–० ले हराउँदै लिभरपुलले शानदार जित निकालेको हो ।


ADVERTISEMENT


घरेलु मैदानमा भएको खेलमा लिभरपुललाई जिताउन मोहमद सलाह, एलेक्स चेम्बरलिन र साडियो मानेले समान एक–एक गोल गरे। लिग लिडर सिटीविरुद्ध लिभरपुलले तीनै गोल पहिलो हाफमा गरेको थियो।


ADVERTISEMENT

# # #


खेलको १२औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई सुरुवाती अग्रता दिलाए । खेलको २१ औं मिनेटमा चेम्बरलिनले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । खेलको ३१ औं मिनेटमा मानेले थप एक गोल गरेपछि लिभरपुलले पहिलो हाफमा ३ – ० को अग्रता बनायो ।

दोस्रो हाफमा सुधारिएको प्रदर्शन गरेको सिटीले लिभरपुललाई रोकेपनि गोल गर्न सकेन । यसैबीच पहिलो लेगमा लिभरपुलले ३–० को फराकिलो जित दर्ता गर्न सफल रह्यो ।

सिटीमाथिको जितसँगै लिभरपुलले च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्ने सम्भावना बलियो बनाएको छ । दोस्रो लेग अप्रिल १२ मा सिटीको मैदान इदिहाद स्टेडियममा हुने छ । दोस्रो लेगमा लिभरपुलले बराबरी खेल च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नेछ । सिटीलाई भने फराकिलो जित बाहेक अन्य विकल्प रहेको छैन ।