काठमाडौं–धनुषामा बम विष्फोट हुँदा एक महिला घाइते भएकी छन् ।


ADVERTISEMENT


धनुषा नगरपालिका ९ स्थित हेमछिरिङ लामाको मसला बगौचामा बिहिबार बिहान बम विष्फोट हुँदा लामाकी श्रीमती ७४ वर्षीया तिर्थमाया घाइते भएकी जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।


ADVERTISEMENT

# # #


बम विष्फोटबाट तिर्थमायाको छाती र हात खुट्टामा चोटपटक लागेको धनुषा प्रहरी प्रमुख एसपी चक्रबहादुर सिहले जानकारी दिए ।

घाइते तिर्थमायाको स्थानीय अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनाको बारेमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।