काठमाडौं । नयाँ नेतृत्वका लागि लावण्ड्य देशमा नवराज छान्ने ‘हात्ति विवेक’ नेपाल प्रहरीमा देखिने चर्चाले तरङ्ग छाएको छ । देशले खोजेको, समयले मागेको र जनताको मन बुझेर काम गर्न सक्षम आईजीपी जन्माउन भईरहेको समुन्द्रमन्थनमा यसअघि गुमनाम बनाउन खोजिएका तर कर्मले लोकप्रिय बनेका धीरु बस्नेतको नाम उदय भएको छ ।


ADVERTISEMENT


एमपिए, बिएल र बिएस्सी सम्मको शैक्षिक योग्यता रहेका बस्नेतको सेवा प्रवेश २०४६ साल माघ २७ गते ईन्सपेक्टरबाट भएको हो ।


ADVERTISEMENT

# # #


२०४६ सालमा संगै सेवा प्रबेश गरेका ५४ ईन्सपेक्टर मध्ये एकै समुहका अहिलेका डीआईजीहरु मध्ये बस्नेत पनि हुन् । उही मितीमा पदोन्नती भएका १५ डीआईजीपीहरु मध्ये ४ आईजीपीहरु यही चैत २६ गते, बाँकी ४ जना तीन महिना पछि अवकास हुँदैछन् । ७ डीआईजीपीहरुको समयाबधी २ बर्ष भन्दा बढी रहेको छ । नयाँ आईजीपी यीनै ७ जना मध्येबाट हुने निश्चित देखिन्छ ।

सिपाही देखि सबै तहका प्रहरी अधिकारीहरुको मनमा बस्न सफल नेतृत्वको समेत खोजि भईरहँदा बस्नेतको रोजाई बलियो बन्दै गईरहेको छ । अझ यसअघि देखिको कार्यसम्पादनमा निरन्तर सर्बोत्कृष्ट बनिरहने बस्नेत नै सरकारको विकास र समृद्धिको एजेन्डा सफल बनाउन सक्षम आईजीपीको रुपमा छनोटमा पर्ने सम्भावना देखिएको छ ।

नेपाल प्रहरीमा कार्य सम्पादनमा सर्बोत्कृष्ट कार्य गर्नेलाई प्रत्येक बर्ष दिईने पुलिस ब्याटन पुरस्कार २ बर्ष सम्म लगातार पाउँदै एसएसपी हुँदा नै बस्नेत सर्बोत्कृष्ट भईसकेका हुन् ।

नेपाल प्रहरीको उच्च स्तरीय तालिम सिनियर ब्यवस्थापन विकास कार्यक्रम प्रशिक्षणमा समेत बस्नेत सर्बोत्कृष्ट बनिसकेका छन् ।

डीआईजीपीमा पदोन्नतीका लागि बलियो सर्बोत्कृष्ट कार्य सम्पादन सूचकाँकहरु र समान ब्याचको मर्यादाक्रममा पदोन्नती हुनुपर्नेमा नियोजित रुपमा १३ औं नम्बरमा राखि बस्नेत भन्दा पछाडीका ब्याच र तीन बर्ष पछाडीका जुनियर एसएसपीहरुलाई समेत बिना पुष्ट्याई अगाडी ल्याएर लामो दौडको घोडाका रुपमा संगठनको नेतृत्व उन्मुख उनको खरो गतिलाई रोक्न खोज्ने प्रयत्नहरु भए । यद्यपी, ढुँगाको काप फोरेर पनि उम्रन्छ पिपल झैँ ईतिहाँस कोर्ने दौडको अग्रपङ्तीमै छन् बस्नेत ।

संयुक्त राष्ट्र संघ मिसनमा रहेर उनले दुई बर्षको अन्तराष्ट्रिय अनुभव प्राप्त गरिसकेका छन् ।

ईन्टरपोलको दुई बर्षको अनुभव, अन्तराष्ट्रिय संगठित अपराध नियन्त्रण र अनुसन्धानको लागि बिभिन्न राष्ट्रहरुका प्रहरी संगठनहरु बीचको पारस्परिक सहयोग अभिबृद्धि कार्यमा बिशेष भूमिकामा रही करिब ४० भन्दा बढी देश भ्रमणको अनुभव छ ।

नविनतम प्रयास र सिर्जनात्मक उपलब्धिहरु उल्लेखनीय र सफल देखिन्छन् । सडक सुरक्षा र अपराध नियन्त्रणमा आर.एस.सी.सी. परियोजनाको शुत्रपात गर्ने बस्नेतले नेतृत्व र निर्णय अवसर पाउँदा सफल बन्ने नमुना प्रदर्शन गरिसकेका छन् । बिद्युतीय अभिलेखिकरण विकासमा उनले दिएको योगदान समेत सम्झनायोग्य छ ।

जोखिम परिस्थिती, संगठन सुदृढिकरणको लागि अन्वेशण, अनुसन्धान, जनशक्ति विकास, सिर्जनात्मक कार्यको सफल कमाण्ड समाल्ने बस्नेतले गरेको नेतृत्वदायी भूमिकाबाट २ अर्ब ६० करोड २१ लाख परियोजना भित्राएका छन् ।

दण्डहिनताको अवस्था न्यूनिकरणका लागि फरार अपराधी पहिचान, खोजी र पक्राउ अपरेसनमा सफल भूमिका देखिएको छ ।

देशका बिभिन्न दुर्गम भौगोलिक क्षेत्रहरुमा सबैभन्दा बढी खटेर राष्ट्र सेवकको भूमिका निर्वाह गर्दा रमाउने प्रहरी अधिकारी हुन् बस्नेत । राजधानी भन्दा टाढा सूदुरको देश डोटी भेरी लगायतमा अनि दूरदराजका जनताको सेवामा हुँदा देश, जनता, संगठन र प्रहरी कर्मचारीहरुको मन, भावना एकैपटक बुझेका उनी राष्ट्र सेवामा खारिएका अधिकारी हुन् ।

संगठनको दूरदृष्टि, अनुष्ठान, बृहत तुलनात्मक, बिश्लेषणात्मक, प्रमाणमुखी कार्ययोजना प्रति उन्मुख र नीति निर्देशनलाई प्रभावकारी कार्यान्वयन गर्न सक्ने धीरु क्षमताको संधै प्रशँसा हुने गरेको छ ।

तराईको असन्तुष्ट राजनीतिक परिस्थितीमा पनि मधेश आन्दोलन, भूमिगत सशस्त्र समुहहरुको गतिबिधीबाट जोगाउँदै जनतामा शान्ति सुरक्षाको प्रत्याभुति दिलाईरहन उनको नेतृत्व सफल देखिएको छ ।

प्रहरी र सुरक्षाको क्षेत्रमा बस्नेत लामो दौडको घोडाको सोचमा अघि बढिरहन्छन् । क्षणिक भन्दा पनि दीर्घकालिन योजना, कार्यक्रमहरुलाई देश, समय र जनताको माग आवश्यकता अनुरुप समयसापेक्ष बनाउँदै अघि बढ्ने बस्नेत भिजनरी प्रहरी अधिकारी समेत हुन् ।

बैज्ञानिक, प्रमाणमुखी अनुसन्धान र अपराध नियन्त्रण, अपराध रोकथाम, सवारी दुर्घटना नियन्त्रण, सीमावर्ती अपराध एवम् अन्तराष्ट्रिय अपराध नियन्त्रण, भ्रष्ट्राचार नियन्त्रण, पुर्नसंरचना एवं जनशक्ति व्यवस्थापन, नीति निर्देशनको प्रभावकारी कार्यान्वयनको संस्कार विकास लक्षित भावि कार्ययोजनाका रुपमा बस्नेतका निशानाहरु हुन् ।

काम गर्ने वातावरणको निर्माण, अभिलेखिकरण विकास, गुणात्मक प्रहरीको उत्पादन र क्षमता बृद्धि तथा प्रादेशिक संरचना अनुरुप प्रहरीको प्रभावकारी व्यवस्थापन बस्नेतका एकलब्य दृष्टिहरु हुन् ।