काठमाडौं–पूर्वरुसी जासुस सर्गेइ स्क्रिपाललाई इङ्गल्याण्डमा रासायनीक हमला गरेको विषयमा व्रिटेनले झुटो कथा सिर्जना गरेर आगोसँग खेलिरहेको टिप्पणी रुसले गरेको छ । व्रिटेनले पछुताउनुपर्ने चेतावनी पनि रुसले दिएको छ ।


ADVERTISEMENT


पूर्वरुसी जासुस स्क्रिपाल र उनकी छोरी युलिया इङ्गल्याण्डको सेल्सबेरीमा गत ४ मार्चमा घाइते अवस्थामा फेला परेका थिए । उनीहरुमा नभिचोक भनिने विष प्रयोग गरेर आक्रमण भएको र त्यसमा रुसको संलग्नता रहेको आरोप व्रिटेनले लगाउँदै आएको छ ।


ADVERTISEMENT

# # #


संयुक्त राष्ट्रसंघको सुरक्षा परिषद बैठकमा बोल्दै रुसी राजदूत वेसिली नेभेन्जियाले सो घटनामा रुसको संलग्नता नभएको स्पष्ट पारे । डरलाग्दो र अपुष्ट आरोप लगाएर व्रिटेनले आगोसँग खेलिरहेको उनको भनाइ थियो ।

राजदूत नेभेन्जियाले भने, ‘हामीले व्रिटिश साथीहरुलाई भनिसकेका छौं तपाईंहरु आगोसँग खेल्दै हुनुहुन्छ र तपाईंहरु पछुताउनुपर्छ ।’

उनले अघि भनेका छन्, ‘तपाईं योभन्दा राम्रो कथा लिएर किन आउनसक्नु भएन ? व्रिटेनले हासिल गर्ने गोप्य सूचना कस्ता हुन्छन् भन्ने कुरा टोनी ब्लेयरको कथाले सावित गरेको छ ।’ राजदूत नेभेन्जियाले स्किपाललाई दिइएको नभिचोक भनिने विषको नाम रुसी भए पनि त्यो रुसमा दर्ता नभएको जानकारी दिए ।