काठमाडौं–नयाँ संविधान जारी भएपछि साढे दुई वर्ष अवधिमा नेपालले तीन जना प्रधानमन्त्री पायो–केपी शर्मा ओली, पुष्पकमल दाहाल र शेरबहादुर देउवा । ओली अहिले दोस्रोपटक प्रधानमन्त्रीको कुर्सीमा बसेका छन् । उनी शुक्रबार (आज) तीनदिने भारतको राजकीय भ्रमणमा निस्किसकेका छन् ।


ADVERTISEMENT


संविधान जारी भएपछि सरकारले नेतृत्व गरेको तीनै जना प्रधानमन्त्रीले भारत भ्रमण गरे । जानुअघि उनीहरुले एउटै कुरा बोले जुन अहिले ओलीले पुनः दोहोर्याइरहेका छन्, ‘नयाँ सम्झौता हुँदैन, भएका सम्झौताको समीक्षा र कार्यान्वयनमा जोड दिइनेछ ।’


ADVERTISEMENT

# # #


नेपालले भारत सँग उठाउनै पर्ने मुद्दा
-पञ्चेश्वर बहुउद्देश्यीय परियोजना
-ऊर्जा क्षेत्र
-अरुण तेस्रो र माथिल्लो कर्णाली जलविद्युत् परियोजना
-सहुलियतपूर्ण ऋणको उपयोग
-टनकपुर ब्यारेजबाट लिंक नहर र दोधाराचाँदनीको सिँचाइका लागि लिंक नहर गण्डक नहर
-डुबान
-पुनर्निर्माण
-व्यापार तथा पारवहन
-रेल कनेक्टिभिटी
-एलपिजी बुलेट्स
-एकीकृत चेक पोस्ट
-तराई सडक
-नयाँ हवाई प्रवेश बिन्दु
-पोलिटेक्निक इन्स्टिच्युट
-कृषि क्षेत्रमा सहयोग
-पशुपालन क्षेत्रमा सहयोग
-महाकाली पुल
-मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइप लाइन परियोजना
-प्राकृतिक ग्यास पाइप लाइन (गोरखपुरदेखि सुनवल)
-ऊर्जा व्यापार सम्झौता
-व्यापार घाटा
-धार्मिक सर्किट (बुद्ध र हिन्दु)
-विराटनगर फिल्ड अफिस