सोल – दक्षिण कोरियाका पूर्व राष्ट्रपति पार्क गेउन हाइलाई भ्रष्टाचारको काण्डमा सामेल भएकोमा २४ वर्षको जेल सजायका लागि जेल चलान गरिएको छ ।


ADVERTISEMENT


शक्तिको र सत्ताको दुरुपयोग गरी राष्ट्रपति पार्कले भ्रष्टाचार गरेको सरकारी वकिलको टोलीले लामो समयको अनुसन्धानपछि पत्ता लगाएको हो। ६६ वर्षकी पार्कले सत्ता रहँदा भ्रष्टाचार गरेकी हुन्।


ADVERTISEMENT

# # #


भ्रष्टाचारमा संलग्नताको आरोपलार्इ अदालतले प्रमाणित गरेपछि उनलाई संसदमा महाभियोग लगाएर राष्ट्रपति पदबाट बर्खास्त गरिएको थियो। उनी दक्षिण कोरियाको पहिलो महिला राष्ट्रपति हुन्।