काठमाडौँ– कार्यबाहक प्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले आज आर्सनल कार्यालय सुन्दरीजलको निरिक्षण गरेका छन् ।


ADVERTISEMENT


निरिक्षणको क्रममा उनले नेपाली सेनालले राष्ट्रिय गौरवका कामहरुलाई निरन्तरता दिनुपर्ने बताए । उनले सेनालाई लोकतान्त्रिकरण मात्र नभई व्यवसायीकरण अभिवृद्धि गर्न निर्देशन दिए। ‘नेपाली सेनाको अनुहारमा राष्ट्रिय एकताको तस्वीर देख्छौँ’ उनले भने ।


ADVERTISEMENT

# # #


निरिक्षणकै क्रममा मन्त्री पोखरेलले नेपाली सेनाले शान्ति स्थापना, राष्ट्रिय एकता सामाजिक सद्भाव, नेपालको राष्ट्रियता लगायतका सन्दर्भमा खेलेको भूमिकाको पनि प्रशंसा गरे । नेपाली सेनाले राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न अतुलनीय योगदान गरको चर्चा गर्दै उनले नेपाली जनताको भरपर्दो स्तम्भको रुपमा नेपाली सेना रहेको उल्लेख गरे ।

त्यस अवसरमा नेपाली सेनाका का.मु. प्रधानसेनापति रथी पूर्णचन्द्र थापा उपस्थित थिए ।