काठमाडौं– पाली बजारमा सुन चाँदीको मूल्यले दैनिक रूपमा नयाँ नयाँ रेकर्ड कायम गरेको छ । आज अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला १६ सय रुपैयाँले सुन महँगिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुनुसार अघिल्लो दिन प्रतितोला २ लाख १० हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज २ लाख १२ हजार रुपैयाँ पुगेको छ ।
यो मूल्य पछिल्लो रेकर्डभन्दा तोलामा १ हजार ६०० रूपैयाँ बढी हो । शुक्रबार सुन प्रतितोला २ लाख १० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी प्रतितोला २ हजार ५ सय रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदी प्रतितोला २ हजार ४ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।



























































