काठमाडौं – बिहीबार साँझको मन्त्रीपरिषद् बैठकले ३० जना सचिवहरुको सरुवा गरेको छ । प्रधानमन्त्री भारत भ्रमणमा जानुअघि यो निर्णय भएको हो ।


ADVERTISEMENT


गृह मन्त्रालयका नयाँ सचिव प्रेमकुमार राई बन्दा अर्थ मन्त्रालयमा राजन खनाल सचिव बनेका छन् । यी दुई मन्त्रालयमा रहेका सचिवहरु शंकर अधिकारी र मोहनकृष्ण सापकोटा भने क्रमशः उपराष्ट्रपतिको कार्यालय र युवा तथा खेलकुद मन्त्रालय पुगेका छन् ।


ADVERTISEMENT

# # #


अर्थमा ल्याइएका खनाल अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थिए । ३० जना सचिव सरुवा हुँदा राजश्व सचिव शिशिर ढुंगाना भने अर्थमै यथावत रहेका छन् । उपराष्ट्रपति कार्यालयमा रहेका लालशंकर घिमिरेलाई प्रधानमन्त्रकिो कार्यालय ल्याइँदा युवा तथा खेलकुदका महेश दाहाल श्रम तथा रोजगार पुगेका छन् ।