काठमाडौं–कालो हरिणको सिकार मुद्दामा पाँच वर्ष जेल सजाय सुनाइएका बलिउडका भाइजान सलमान खानले शुक्रबारको रात पनि जेलमै बिताएका छन् । सलमानको जमानत याचिकामाथि शुक्रबार सुनुवाइ गर्दै जोधपुरको सेसन कोर्टले आफ्नो फैसला शनिबारसम्मका लागि सुरक्षित राखेको छ ।


ADVERTISEMENT


जमानतमाथिको फैसला शनिबार दिउँसो सुनाइने भएको छ । जोधपुर जेलमा सलमान कैदी नम्बर १०७ हुन् । उनलाई २ नम्बर ब्यारेकमा राखिएको छ । जेलमा उनलाई दाल, रोटी दिइएको थियो तर उनले खाएनन् ।


ADVERTISEMENT

# # #


करोडौं फस्ने सम्भावना
बालिउडका सफल कलाकार सलमानमाथि अहिले फिल्म निर्माताको करिब ६ सय करोड रुपैयाँ लगानी भइसकेको छ । विवादास्पद निजी जिन्दगीमा ‘भाइ’ को पहिचान बनाएका सलमानसँग राम्रो र खराब दुवै चरित्र जोडिएको छ ।

सलमान खान दोषी ठहरिएसँगै अब उनको प्रोफेसनल प्रोजेक्ट रोकिन सक्ने अड्कल काट्न थालिएको छ । सलमान अहिले धेरै प्रोजेक्टसँग जोडिएका छन्।

अहिले सलमान ‘भारत’ नामक फिल्ममा काम गर्दै थिए । उनी लामो समय जेल गए यो फिल्म त्यसै थन्किनेछ । यसको निर्देशन अली अब्बास जफरले गर्दैछन् । उनले यसअघि सलमानसँग ‘सुल्तान’ र ‘टाइगर जिन्दा हे’ मा काम गरिसकेका छन् । यसैगरी सुपरहिट सिरिज ‘दबंग–३’ मा पनि सलमानले खेल्ने तय भइसकेको थियो । यो फिल्मको सुटिङ पनि यसै वर्षको अन्त्यबाट सुरु हुँदै थियो । उता सलमानको सुपरहिट फिल्म ‘किक’को सिक्वेल पनि बन्ने तयारीमा थियो ।

सलमानको नाम अहिलेसम्म ‘बिग बोस’ को नयाँ सिजनका लागि तय भइसकेको छ । अक्टोबरबाट सुरु हुन लागेको ‘बिग बोस–१२’ का लागि अब सलमानको ठाउँमा नयाँ होस्ट खोज्नु पर्नेछ । उनले यसका लागि ११ करोड पारि श्रमिक बुझ्दै आएका थिए ।

नेपालमा हुने भनिएका सलमानको दबंग टुर पनि प्रभावित हुने भएको छ । आयोजकले सलमानलाई केही अग्रिम पारि श्रमिक दिइसकेको थियो । अब त्यो रकम के हुने भन्ने अन्योल छ । तर आयोजकले कति रकम सलमानलाई दिएको हो भन्ने यकिन तथ्यांक भने खुलाइएको छैन । – आजको अन्नपूर्णबाट