अछाम–जिल्लाको चौरपाटी–३ गगुडामा शनिबार बिहान ४ बजेतिर परेको चट्याङ लागेर २ जना गम्भीर घाइते भएका छन् ।


ADVERTISEMENT


रमेश कामीको गगुडास्थित घरमा परेको चट्याङ लागेर १० महिने आयुश कामी र १६ वर्षीया सीता कामी जलेर घाइते भएको अछाम प्रहरी प्रमुख डीएसपी दधिराम न्यौपानेले जानकारी दिए ।


ADVERTISEMENT

# # #


घाइते दुवै बेहोस रहेको अछाम प्रहरीले जानकारी दिएको छ । घाइतेको उपचारका लागि प्रहरीको सहयोगमा वयलपाटा अस्पतालमा लगिएको छ ।

चट्याङ लागेर रमेशका गोठमा रहेका ५ बाख्रा र एक गोरु समेत मरेका छन् ।

उता, शुक्रबार राति हावाहुरीसंगै परेको असिनापानीले जिल्लाका अधिकांश क्षेत्रको गहुँ, जौं, तरकारी, फलफुलमा क्षति पुर्याएको छ । बालीनाली नष्ट हुँदा कृषकहरु चिन्तामा परेका छन् । हावाहुरीका कारण शुक्रबार बेलुकीदेखि नै बिजुलीसमेत बन्द भएको छ ।