काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँगको प्रगाढ मित्रता आफूहरुको प्राथमिकता भएको बताएका छन् । शनिबार बिहान गार्ड अफ अनर ग्रहण गरेपछि पत्रकारहरुलाई सम्बोधन गर्दै ओलीले सो कुरा बताएका हुन् ।


ADVERTISEMENT


उनले सहमति र सम्झौताभन्दा ठूलो नेपाल-भारतको मित्रता भएको बताए । उनले भने, ‘सहमति र सम्झौताभन्दा ठूलो हाम्रो मित्रता हो । अब हामीलाई पछि फर्किने सुबिधा छैन ।’ दुवै देशका जनताले समृद्धि र शान्ति चाहेको भन्दै ओलीले भबिस्य हेरेर अघि बढनुपर्ने धारणा राखे ।


ADVERTISEMENT

# # #


भारतको तीन दिने औपचारिक भ्रमणको क्रममा शुक्रबारदेखि नयाँदिल्लीमा रहेका प्रधानमन्त्री ओली शनिबार महत्वपूर्ण राजनीतिक भेटवार्ता तथा कार्यक्रमहरुमा व्यस्त छन् ।

उनले शनिबार नै समकक्षी नरेन्द्र मोदीसँग औपचारिक भेटवार्ता गर्दैछन् ।

संसारमा अरू कुनै देशको सम्बन्ध नेपाल–भारतजस्तो छैनन्ः भारतीय राष्ट्रपति

भारतीय राष्ट्रपति रामनाथ कोविन्दले नेपाल र भारतजस्तो सम्बन्ध संसारका अरू कुनै देशबीच नरहेको बताएका छन् । तीन दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँगको भेटपछि ट्वीट गर्दै भारतीय राष्ट्रपति कोविन्दले यस्ता उच्चस्तरीय राजनीतिक भ्रमणले हाम्रा विशेष साझेदारीलाई दिएको महत्व दर्शाउने बताएका छन् ।

नेपालको स्थीरता र आर्थिक सम्वृद्धि नै भारतीय चासो भएको उल्लेख गर्दै राष्ट्रपति कोविन्दले नेपालको आवश्यकता अनुसार सहयोग बढाउन भारत तयार रहेको पनि बताएका छन् ।