काठमाडौँ– रुस्लान धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट प्रतियोगितामा कप्तान पारस खड्काको टिम विराटनगर किङ्स् प्रतियोगिताबाटै गहिरिएको छ ।


ADVERTISEMENT


पानी परेर मैदान भिजेपछि ६ ओभरमा घटाइएको खेलमा सीवाइसी अत्तरियासंग ६ विकेटले पराजित भएसंगै प्रतियोगिताबाटै बाहिरिएको हो । टस जितेको अत्तरिया फिल्डिङ रोजेपछि मैदान उत्रिएको विराटनगरले निर्धारित ६ ओभरमा ३ विकेट गुमाएर ५५ रन बनाएको थियो ।
जवाफी ब्याटिङमा उत्रिएको अत्तरियाले ५.४ ओभरमा ४ विकेट गुमाएर लक्ष्य भेटाएको हो ।


ADVERTISEMENT

# # #


यस अघि विराट नगनरका लागि ७ बलमा एक चौका र एक छक्का सहित १४, अनिल कुमार साह १२ बलमा २ छक्का सहित १५ रन बनाउँदा कप्तान पारस खड्काले ८ बलमा ९ रन बनाए । यस्तै दिलीप नाथ ९ बलमा १५ रन बनाएर अविजीत रहे । उनले एक चौका र एक छक्का प्रहार गरेका थिए । यता कमल सिंह ऐरीले २ विकेट लिँदा सुभांकर उराओले एक विकेट हात पारे ।

खेलका म्यान अफ द म्याच विपीन चन्द्र चुनिए । विपीनले १३ बलमा ५ चौकाको मदतमा २६ रन बनाए । यस्तै कप्तान दिपेन्द्र सिंह ऐरीले १५ बलमा २ छक्का सहित २० रन बनाए । यता विराटनगरका लागि कप्तान पारस खड्का र राम नरेश गिरीले समान २/२ विकेट लिए ।