काठमाडौं– विराटनरको जतुवा स्थित रामजानकी मन्दिर परिसरमा हिन्दु धर्मगुरु श्रीनिवासाचार्यलाई गोली प्रहार गरेको आशंकामा दुईजना पक्राउ परेका छन् ।


ADVERTISEMENT


आइतबार विहान ३ बजे श्रीनिवासाचार्यलाई गोली प्रहार गरेको आशंकामा अनुसन्धानका लागी दुईजनालाई नियन्त्रणमा लिएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख ९एसपी० अरुण बिसीले भने, ‘अनुसन्धान हुँदै छ, भोलि पत्रकार सम्मेलन गरेर नाम सार्वजिनक गर्छौं ।’


ADVERTISEMENT

# # #


अज्ञात ब्यक्तिले गोली प्रहार गरेपछि घाइते भएका उनको बिराटनगर स्थित न्युरो अस्पतालमा उपचार भईरहेको छ । उनको अवस्था खतरामुक्त भएको र उनी बोल्न थालेको जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी विष्णुहरी कोइरालाले जानकारी दिएका छन् ।