काठमाडौँ– किंग्स इलाभेन पञ्जाबले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा विजयी सुरुवात गरेको छ । किंग्स इलाभेन पञ्जाबले दिल्ली डेयरडेभिल्सलाई ६ विकेटले पराजित गरेको हो ।


ADVERTISEMENT


१६७ रनको चुनौति पछ्याउदै ब्याटिङ गरेको पञ्जाबले ७ बल बाँकी छदा ४ विकेटको क्षतिमा लक्ष्य पुरा गर्यो । पञ्जाबका लागि लोकेश राहुलले विष्फोटक ब्याटिङ गर्दै पञ्जाबलाई जिततर्फ दोहोर्याएका थिए । राहुलले १४ बलमा अर्धशतक बनाएका थिए । उनले १६ बलमा ६ चौका र ४ छक्काको मद्दतमा ५१ रन बनाए । त्यस्तै, पञ्जाबको जितमा करुण नाएरले ३३ बलमा ५० रन बनाए । त्यस्तै, डेभिड मिलरले अविजित २४ र मार्कुस स्टोइनिसले अविजित २२ रन बनाए ।


ADVERTISEMENT

# # #


यसअघि मोहलीस्थित इस विन्द्रा रंगशालामा दिल्ली टस हारेर पहिले ब्याटिङ गरेको दिल्लीले पञ्जाबलाई मध्यम स्कोरको लक्ष्य दिएको थियो । खराब सुरुवात गरेको दिल्लीका लागि कप्तान गौतम गम्भिरले उकासेका थिए । कप्तान गम्भिरले ५५ रन बनाए । उनले ४२ बलमा ५ चौका र १ छक्का प्रहार गरे ।

त्यस्तै, दिल्लीका लागि रिशव पन्तले २८ र क्रिस मोरिसले अविजित २८ रन बनाए । दिल्लीका अन्य खेलाडीले भने राम्रो स्कोर बनाउन सकेनन् ।

यता, पञ्जाबका लागि अफगानिस्तानका १७ वर्षीय मुजिब उर रहमानले २ विकेट लिए । आईपीएलमा पहिलो पटक डेब्यु गरेका मुजिबले ४ ओभर बलिङ गर्दै २८ रन खर्चेर २ विकेट लिन सफल भए । त्यस्तै मोहित शर्माले पनि २ विकेट लिए ।