काठमाडौं–मुलुकभित्र कुनै पनि छलफल र तयारीबिनै नेपाल र भारतबीच पानीजहाज सञ्चालन गर्ने सहमति भएको छ ।


ADVERTISEMENT


प्रधानमन्त्री केपी शर्मा ओलीले भारतसँग पानीजहाज सञ्चालन गर्ने सहमति गरे पनि सम्बन्धित मन्त्रालयसँग छलफल भएको छैन । भ्रमणको दोस्रो दिन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगको भेटपछि काठमाडौंम रेल, नेपाल र भारतबीच पानीजहाज चलाउने विषयमा सहमति भएको थियो ।


ADVERTISEMENT

# # #


यस वियमा सम्बन्धित भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा भने छलफलै भएको थिएन । मन्त्रालयका एकजना उच्च अधिकारीका अनुसार भारतसँग सहमति भएको पानीजहाज सञ्चालन जस्तो ठूलो लगानीको विषयमा मन्त्रालयमा कुनै पनि छलफल भएको छैन ।

‘पानीजहाजको विषयमा छलफल थिएन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘प्रधानमन्त्री कार्यालयमा छलफल भएको हुनसक्छ ।’ – आजको नागरिक दैनिकबाट